नया शक्ति कस्तो हुनुपर्छ युवा सोचाइमा
यथावत सोचभन्दा अलिक पृथक सोचलाई नया सोच भनिन्छ । त्यही नया सोचको त्यही नया विचारको उपज हो “नया शक्ति” । तर त्यो सोच नया शक्ति बन्न सोच सकारात्मक हुन आवस्यक हुन्छ। हुन त शक्ती भन्नसाथ आमजनमानसमा हतियार र पैसाको पर्दशन भनेर आउछ तर नया शक्तिले नया विचार र वैज्ञानिक परिवर्तन अनुरुपको विकासको धारणा प्रस्तुत गर्नु पर्ने हुन्छ।
नया शक्ती के राजनितिक प्रोपागेण्डा मात्र हो त ? यो प्रस्न सबको मनमा खेलेको हुन सक्छ । तर जहाँ सम्म मेरो बुझाइ हो “होइन” , नया शक्ती बिगतको अध्ययन बर्तमानलाई सम्मान र समुचित भबिस्यको परिकल्पना दिने सोच हो । यस्को अर्थ राजनितिक शक्ति मात्र होइन नया शक्ति। यो सामाजिक उन्नती, व्यापारिक औधोगिकरण, शैक्षिक वैज्ञानिकरण, मानविय सस्कृतीको सम्रक्षण दिन सक्ने स्वतन्त्र विचारहरुको सामुहिक सन्कलन हो। अझ सहज रुपमा भन्नुपर्दा नया शक्ति शिक्षा, स्वास्थ, अर्थ, उध्योगले आदिले चाहेको परिवर्तनको परिकल्पना हो।
के नेपालमा नया राजनितिक शक्तिको आबस्यकता भएको हो ? मेरो जवाफ होइन । फेरि किन चर्को बहस सुनिन्छ नया शक्तिको , नया राजनितिक दलको? के उसो भए नेपालमा रहेका यथावत राजनितिक शक्तिहरुमा आजको परिवर्तनलाई समाल्ने सक्ने सोच छैन त? मेरो जवाफ छ तर मात्र कागजका पोट्लिहरुमा जसलाइ हामिले पार्टिको विधान र चुनाबि घोषणापत्रको रुपमा पाउछौ । यसको मतलब हामीसगँ राजिनिती होइन राजनितिज्ञ नभएको हो ? अझ सरल रुपमै भन्दा असल राजनितिज्ञ नभएको । नया शक्ति युवाहरुको आवाजबाट बन्ने हुदा यसले यो वैज्ञानिक युग र बिकसित समयलाई मुल्याकन दिन सक्छ। नया शक्तिले नया अनुहार, नया जोश, नया साहस ल्याउने हुदा जनमानसमा सकारात्मक बिस्वास जगाउछ। बर्तमान निराशपुर्ण समयले सर्बसाधारणमा राजनिती प्रती बितृस्ना र राजनितिज्ञ प्रती घृणा जगाएको छ। यस्तो समयमा नया नया अनुहारले सकारात्मक सोच जन्माउन सक्छ। त्यसैले मैले सुरुमै भनेकि नया शक्ति नया सोच हो ।
एकातर्फ आजको विश्व विकासको द्रुत गतिमा वेग मार्दै छ तर अर्को तर्फ भने गरिबी भोकमरी र हिन्सा कट्टरपन्तिताको हदसम्म पुगेको छ , धर्म र जातीको नाममा अन्सबन्डा लागेको छ । मानबतालाई धर्म जातिले कब्जा गरि शासन गरिरहेको छ।
हुन त नेपाल १८ औ सताब्दिमा एक ढिक्का भएर गासिएपछि स्वतन्त्र नै रयो । उत्ता छिमेकी मुलुक भारत अङ्ग्रेज साम्राज्यको अधिनमा पर्दा पनि नेपाल स्वतन्त्र नै रयो । यधपी पुर्ण स्वतन्त्र भने कहिल्यै रहेन अनि अनेकौ सन्धी र सम्झौतामा लपेटिएर आफ्ना भुभागहरु गुमाउनु पुग्यो, कहिले महाकाली कहिले मेची अनि कहिले लिपु , उता उत्तर बाट पनि धपेटिनु परेको ईतिहास नेपालिले बोक्नु परेको छ। हुन त गुलामी गरिएन भनेर गौरव गर्न पाएका छन नेपालिले शब्दमा तर व्यवहारमा भने नेपाल र नेपालिलाइ समरचना काल देखि नै गुलामीको अधिनायकवादले जकडेको छ, यो नेपाली समाजको यथार्थता हो । त्यो गुलामिबादको ढाचा यथावत नै छ आजसम्म । पञचायत ,राणा, राजाकाल, जङ्गलराज, बहुदल हुँदै लोकतन्त्र सम्म आइ पुग्दा जन्ता उहीँ गुलामितन्त्र मै अल्झिएका छ्न । जे जतिको नाम परिवर्तन भए पनि शासकिय स्वरुप जस्ताको त्यस्तै नै रयो मात्र शासकको अनुहार अलग भयो सोच उहीँ गुलामितन्त्र कै रयो , कथा पुरानै पात्र मात्र फेरि रहे। हुन त हरेक खोलाका मुहान शान्त, सालिन, भद्र र सुन्दर नै हुन्छन परिवेशले पछि दुर्गन्दीत र मौसमले उपद्रो गराउने हो तिनलाइ। मैले यसो भनी रहदा कतिको मनमा शन्का बुझियो होला , कतै नया शक्ति पनि उहीँ यथास्थितिकै सिमित स्वार्थमा गएर अड्कने त होइन ? तर मैले सुरुमै नया शक्तिलाइ कुनै राजनितिक प्रोपागन्डा नभएर नया सोचको उपज भनेर परिभासित गरेको थे यस्ले यस्ता केही सन्कालाइ रोके होला। तर ब्यक्तिगत रुपमा म सन्का गर्नु राम्रो नै मान्छु किनकी सन्काले त्यो चिज बुज्ने चाहना जन्माउछ र आपतबाट बच्न र नआतिन ढाडस दिन्छ , रिस्क म्यानेजमेन्ट गर्न सिकाउछ।
परम्परा रितिरिवाजमा तथ्य लुकेको हुन्छन , जस्तो दशैलाई सत्यको जित , मेलमिलाप , नातागोतामा भेटघाट गर्ने चाडको रुपमा लिइन्छ । त्यस्तै कहानि ल्होसार, इद , ख्रीष्मस सबैले बोकेका हुन्छ्न । हामिले परम्परा सस्कृती पछाडीका वैज्ञानिक तथ्य खोज्नुपर्छ जस्ले नया पिडिलाइ पनि यी परम्परा प्रती आक्रशित गर्न सक्छ। यदि कुनै कुरिती छन भने तिनलाइ हटाउनु पर्छ । विकसित देशमा पनि यस्तै हुन्छ । त्यहा हतियार बनाउनेलाई कामी , लुगा सिउनेलाई दमै , जुत्ता सिउनेलाइ सार्की भनिएला तर अछुत जाती र दलित भनिदैन । जात जातिको नामबाट साम्प्रदाइक बिभाजन गरिदैन । हुन त सुरुमा यहाँ पनि यो बिभाजन कामको गरिएको हो , पछि सिमित स्वार्थ बोकेका टाठाबाठले यस्ला ओहोदा र ठूलो र सानो जात अनि विभिन्न कुरितीमा कोस्ने काम गरे । जुन आजसम्म पनि यथावत छन । हामिले बिगत देखि समाजवाद सामन्तवाद बनेको , कुर्चिको लागि सिदान्त बेच्ने जनबादी बहुदल , जन्ता तर्साएर हक्का छार्ने माक्सबाद र लेनिनवाद र जन्ता मार्ने मावोबाद खै जे जुन वाद आखिर सब वादमा अन्तमा मर्ने जन्ता नै हुन , रगत बग्ने युवाको नै हो । आखिर के का लागि यो सब ? जवाफ “कुर्चि “को नेपालको सन्दर्भमा । आज भोलि सेकुलर शब्दका बिद्वान पनि धेरै देखिएका छन बजारमा , देशमा सेकुलर तिनै चाहन्छ्न अनि जातिय राज्य पनि माग्दै हिड्छ्न । म यस्ता विद्वान प्रती सम्वेदना भन्दा अरु केही दिन सक्दिन। यसो भनी रहदा म सेकुलर बिरोधी भने होइन । मेरो अध्ययनमा सेकुलेरिज्म अर्थ जाती र धर्म स्वतन्त्र देश भन्ने हुन्छ , सायद मैले पुर्ण नबुझेको म डाक्टर नभएर होला। तर जन्ताले बुझ्नु जरुरि छ, आगामिपिडिको भबिस्य तपाइको आज बुझ्ने शक्तिले निर्धारण गर्ने छ।
यो परिस्थितिमा युवाको सोच के छ? के चाहन्छ्न उनिहरु ? कस्तो समाज चाहन्छ्न उनिहरु भन्ने कुराको सम्बोधन गर्न यथास्थितीबादी शक्ति अशफल रहेको अबस्था हो अहिलेको । भनिन्छ हरेक बिहानीले नया दिनको सपना बोकेको हुन्छ्न । हरेक सोचमा भबिस्यको आकार हुन्छ। यो कर्मायुमण्डलमा लाखौ सपना हरदिन बुनिन्छ्न अनि उसै लाखौ तुहिन्छ्न पनि । परिवर्तन सबै चाहन्छ्न आफू परिवर्तित हुन सक्दैनन । अब कस्तो देश चाहने र के गर्ने भन्ने युवाले नै सोच्नुपर्छ र युवा आफै सहभागी भएर गर्नु पर्छ तब मात्र यो देशले नया बिहानिको सौगात देख्न पाउछ। मेरो परिकल्पनाको नया शक्ती पनि यहि नै हो।
हतियार होइन आमा मेरो कलम बोल्दै छ
रास्ट्र र रास्ट्रीयताप्रती मेरो समर्पण बोल्दै छ ।।
– जय नेपाल
भीष्म पोखरेल
नया शक्ति
Advertisements