प्रेमपत्र

प्रेमपत्र
हिजो रातिको कुरा हो । प्रिय , तिम्रो धेरै याद आयो, आखाले तिमीलाई हेर्न खोजी रहे , अन्तत तिम्लाई हेर्न खाली क्यानभासमा तिम्रो तस्बिर उतार्ने निर्णय गरे । दुर्भाज्ञ मेरो रङ्ग नै भेटाइन । त्यो भनिन्छ नि ” होसले उडान के हे तो खुद पन्ख उभरके आते हे” । मैले आफ्नो हात काटेर रगतले तस्बिर रङ्गाउन थाले । केहि समय लाएर तस्बिर पनि बनाए । क्यान्डलको उज्जालो मा तिम्रो तस्बिर हेर्न थाले , खै तिम्रो तस्बिरले कस्तो नसा दिएछ मलाई , अचेत भएछु । जब होस आयो म निलो तन्ना ओछाएको सैयामा रैछु , २ ओटा सेता कपडा लाएका राम्री हरु अगाडी उभिएका थिए , तिमी जती राम्रा थिएनन । आखा उघारेर आकास तिर हेरे , एउटा उल्टो झुन्डाइएको प्लास्टिक को बोत्तल बाट तप तप पानी चुहिदै थ्यो । प्रिय , म अल्ल मल्ल परे मेरा आखा तिम्लाई खोज्दै थे ।अचानक कोइ रोएको सुने , सकी नसकी आखा तनाएर हेरे , कुनामा एउटी बुढी रैछ , घिक्क घिक्क गर्दै रुदै थि । राता सुन्निएका आखा , जिङ्गरिङ्ग परेको कपाल , हेर्द बौलाही जस्तै थि । एक छिनमा एउटा कपाल फुलेको , अनुहार चाउरी परेको बुढो उस्को सामु आहेर बस्यो , उस्को पनि आखा रातो सुन्निएको थ्यो , सायद रात भरि नसुतेको हुनु पर्छ । म कहाँ छु भनेर अचम्म लागो , थोरै बल जुराएर उठ्न कोसिस गरे । मलाई ति दुइ राम्री हरु ले रोके , ।
” आमा तपाईंको छोराको होस आयो ” , एउटा राम्री बोलि त्यो सुनेर त्यो पागल बुढी हस्याङ फस्याङ गर्दै खुशी भएर म तिर आही , उ सँग त्यो बुढो नि ।
“छोरा , केहि खान्छौ” , उस्ले बोली
मैले उ तिर नियालेर हेरे , उस्को आखा बाट बरर आसु बर्सेर मेरो हातमा परे ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: