सङ्का र विस्वासको कथा

सङ्का र विस्वासको कथा
जब विस्वासको सहवास हुन्छ
अनि सङ्काको जन्म हुन्छ
बिस्तारै सङ्का बढ्दै जान्छ
विस्वाससङ्ग दुरि चड्दै जान्छ।।

विस्वासले म सृष्टिकर्ता
मलाई पुज भन्छ
सङ्काले म सर्बशक्तिमान
मलाइ बुज भन्छ।।

विस्वासले त मेरै भ्रुण
त कसरी सर्बसक्तिमान भइस भन्छ।
सङ्काले उसो भए शिब मात्र पुज
गणेश पुज्न किन मन्दिर गइस भन्छ।।

यता म त्रासित मानव प्रजाती,
सुन्छु दुबै शक्तिसाली छन रे,
बिस्वासले विष पिलाउछ रे
अनि सङ्काले लङ्का झै जलाउछ रे।।

अब दुबिधामा परे म ?
कस्को पुजा गरु?
विस्वासलाइ पुजु
सङ्काले जलाइ देला,
सङ्कालाइ पुजु
विस्वासले विष पिलाइदेला।।

धेरै विचार गरेर निस्कर्षमा
विस्वासको मन्दिर बनाए ,
अनि भित्र सङ्काको मुर्ती बसाए ।
के गर्नु दुबै शक्तिशाली
दुबैलाइ फकाउनै पर्यो।।
– भीष्म पोखरेल

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: