चिया पसल

चिया पसल ( लघु कथा ) – भीष्म पोखरेल

“साइली दिदी आज त निकै खुशी देखिनुन्छ त , बुढो बिदेशबाट फर्कनु भयो क्या
हो ?”
“त्यो रन्डो फर्किए पनि मलाई के सम्झिन्थो र , त्यस्कै कान्छिलाई
सम्झेला नि ! ”
” हा…..हा… अनि के को खुशी त यस्तो ? ”
“छोरी SLC पास भइछे फस्ट डिविसनमा ”
” ओहो यो त खुशीको खबर सुनाउनु भयो
दिदी , बधाई तपाईं अनि नानिलाई पनि ”
“ल दिदी यही खुशीमा मिठो चिया
खुवाउनुस त , अदुवा पनि राखेर , चिनी अलिक धेरै हाल्नु
है , बाहुनको छोरो परियो गुलियो त अलिक धेरै चाहिने ”
खित्त हास्दै साइली दिदी , इस्टोभमा दम
दिन थालिन ।
” यो मटितेल पनि के बिधी महङ्गो हो ? त्यसै माथि भनेको बेला नपाईने? ”
“यस्तै छ दिदी हाम्रो देशमा ”
” पहिले त ग्यास थियो होईन र , अरु इस्टोभबाट बढेर ग्यास
बाल्छ्न तपाईं त इस्टोभ तिर पो खस्किनु भएछ  ? ”
“थ्योनि भाइ , त्यो भन्छन नि गरीब लाई जता बाट पनि चपेटो , अगिल्लो महिना जुलुसको भाग दौडमा ग्यास हरायो , अनि
यही बाकी रहेको ठेला पनि तोड फोड गरेका थिए , ठोक ठाक गरेर
जेनतेन गुजारा गर्दै छु ”
मलाइ अरु कुरा कोटाउन मनले दिएन प्रसङ्ग मोड्दै सोधे,
” कती कमाउनु हुन्छ दिदी ”
” (हास्दै ) बन्द नभैदे , छोरी पढाउन र बिहान बेल्का छाक टार्न पुग्छ ”
साइली दिदी नवलपरासिबाट पाच
बर्षकी छोरी बोकेर, यो काठमान्डौ शहरमा
भविस्य साच्न आएकी रे साइला दाइसङ्ग, भबिस्य त खै कती साचिन साइला दाइले पुर्बेली गुुरुङ्गनि साचेर छोडे रे साइली
दिदीलाई, अचेल साइला दाई कतार तिर गाका छन रे ।
कहिले काही दुख पोख्दै साइली
दिदी भन्छिन
“भारी बोके, भोकै रात काटे यही छोरिको मुख हेर्दै बाचेकी छु ”
“यो छोरीको माया नलाग्ने भा बम्बे तिर लाग्थे”
“भाइ चिया लिनु , ”
“दिदी एउटा चुरोट पनि ”
चुरोट सल्काउदै थे, ३-४ डन्ठेहरु आए , ठेलामा डन्ठाले ठ्याक
ठ्याक हान्दै
” ल ल , दिदी यो ठेला हटाउनु, जुलुस आउधै छ ”
साइली दिदी आतीन , जुलुस
सुन्दा बित्तिकै
” दिदी चियाको पैसा लिनु ”
१०० को नोट दिए , कम्मरमा बाधेको पोल्टो ओल्टाइ पल्टाइ हेरिन ,
अनि म पट्टी हेर्दै
” भोली लिउला नि भाइ ”
सायद फिर्ता दिन नभएर होला , ब्यापारको समयमा ठेला हटाउन परे
पछी फिर्ता दिन पनि कसरी होस।
म हातमा सल्केको चुरोट लिएर त्यही उभिए ,
साइली दिदीले भने हतार हतार गर्दै ठेला
भगाइन।
“दाइ के को जुलुस हो ? ” डन्ठेलाई प्रस्न गरे
“खै ! भाई हामीलाई पनि थाहा छैन , त्यही
त्यही नया नेपाल बनाउने कै त होला नि “”
” ए…………. ” भन्दै लामो चुरोटको सर्को तानेर हावामा धुवाको मुस्लो छोडे ….।
लेखक : भीष्म पोखरेल
फोटो क्रेडिट: गुगल

image

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: