उसको कथा

​शीर्षक : उसको कथा

उसको जवान उसको जोस 

उमेर उसको उस्तै थियो

दुब्लो पात्लो भएपनि 

मान्छे चै तन्दुरुस्तै थियो

ज्ञान र सिद्धान्तको निकै ठूलो धारक थियो

देखिरने समाजभन्दा उ चै केही फरक थियो।।

बैग्लै क्रान्ती ल्याउछु भन्थ्यो 

शान्तीको बिगुल बझाउछु भन्थ्यो

युवा सबै जागौ भन्थ्यो 

देश बिकासमा लागौ भन्थ्यो ।।

उसको बिचारले मन छोयो 

उसलाइ मैले पछ्याउन थाले

माया मोहको आफ्नो जीवनलाई 

बिस्तारै सच्याउन थाले।।

बिस्तारै समय बित्दै गयो 

जवानिको रसले उसलाइ खिच्दै गयो ।

केही परिवर्तन समाज भयो 

उस्तै केही उस्मा आयो ।।

उ पनि परिवर्तनमा घुल्दै गयो 

स्वम आफ्नो अस्तित्व भुल्दै गयो ।

वैशले उस्लाइ वशमा पार्यो 

जवानिको रसमा पार्यो।। 

उ त अब युवतिको मायामा परेछ 

उनकै योवनको छायामा परेछ

अनि सुने खबर उसको बिहे भएछ रे

बिहे भाको साल भरमै खाडी गएछ रे ।।

धेरै बर्ष खाडी बसि धनी भाको छ रे 

हिजो आज आफ्नै देश फर्की आको छ रे।।

साथि आको खुशी लाग्यो भेट्नलाई गए 

महँगो रक्सी खाने प्यास मेट्नलाई गए।।

स्थान : हेटौडा, नेपाल…..( 2015-11-08)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: