गजल
कुन जुनिमा कस्तो रिण खाएथे नेपालिले
त्यसैले त जङ्गल बाट बो’लाएथे नेपालिले
बिस्वास गरि मत हाली बन्दुक छोडाएर
देशै टोड्न षडयन्त्र र’चाएथे नेपालीले
सुरवाल वारि दरवारअगि मुत्ने गर्छ्न ऐले
तिनैले त टुक्रे राज्य जोडाएथे नेपालिले
धोस्त पारी सम्रचना नक्सा बिदेशिको
त्यसैले त १७ हजार मराएथे नेपालीले
कस्को वाद कस्को पथ पछ्याएर कुन्नी
देशनै बाड्ने सँघियता लेराएथे नेपालिले
भीष्म पोखरेल, हेटौडा-९ नेपाल
( सँघियताको बिरोधमा)
Advertisements