आर्थिक बर्ष २०७४-२०७५ – वजेट (संक्षिप्त)

वजेट (संक्षिप्त)

  • बजेटको आकार: १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार रूपैयाँ,
    जुन चालु आर्थिक वर्षको भन्दा करिब २२% ले बृद्वि गत वर्षको १० खर्ब ४८ अर्बको बजेट थियो।
  • सरकारले चालु खर्चका लागि ८ खर्ब ३ अर्ब ५३ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड र वित्तीय खर्चतर्फ १ खर्ब ४० अर्ब २८ करोड छुट्याएको छ ।
    • चालु खर्चतर्फ कुल बजेटको ६२.८%, पुँजीतर्फ २६.२% र वित्तीय तर्फ ११%
    • सरकारले राजस्वबाट ७ खर्ब ३० अर्ब, साँवा फिर्ता १५ अर्ब, बैदेशीक अनुदानबाट ७२ अर्ब १६ करोड जुटाउने अनुमान राकेको छ ।
    • यो बजेट ४ खर्ब ६१ अर्ब न्यून हुने भएको छ । यसमध्ये बाहिरी ऋणबाट २ खर्ब १४ करोड जुटाइने भएको छ र बाँकी रकम चालु आवमा बचतमा रहेको नगद मौज्दातबाट जुटाइने अनुमान उल्लेख छ ।
    • सरकारले काठमाडौं उपत्यकाको विद्युत प्रणालीलाई भूमिगत अर्थात अण्डर ग्राउण्ड गर्ने घोषणा गरेको छ र विभिन्न प्रशारणलाइनका लागि ६२ अर्ब ४७ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।
  • दुहबी हैटौंडा प्रशारणलाइनलाई अब ४ सय केभी क्षमतामा विस्तार गरिने भएको छ । यसका लागि २ वर्ष लाग्ने भएको छ । विजुली उत्पादनको कुल क्षमता अध्ययन गर्ने कामलाई निरन्तरता दिइनेछ । ४ सय केभीको बुटवल जयनगर प्रशारणलाइन का लागि आवश्यक बजेट छुट्याइएको छ ।
  • सरकारले ३ वटा विमानस्थल बनाउन १३ अर्ब ७२ करोड बिनियोजन गरेको छ। निजगढ, लुम्बिनी र पोखरा क्षेत्रीय विमानस्थल बनाउन १३ अर्ब ७२ करोड छुट्टाइएको छ । निजगढ विमानस्थल बनाउन बोलपत्र बोलाउने । त्यस्तै लुम्बिनीमा गौतमबुद्ध विमानस्थल २०७५ सालभित्र र पोखरा विमानस्थल आगामी ४ वर्षभित्र बनाइसक्ने बताइएको छ।
  • बैदेशिक रोजगारीमा जानेहरुले बैंक खाता अनिवार्य खोल्नुपर्ने भएको छ । साथै विदेशमा कमाएको रकम त्यही खातामा पठाउनु पर्नेछ ।
  • हुण्डी तथा बिदेशी मुद्राको अपचलन दर नियन्त्रण गरिनेछ ।
  • मदिरा र सुर्तीजन्य पदार्थको भन्साररराजश्व शुल्क बढाइनेछ ।
    राजश्व प्रणालीमा दिगो बृद्धिदर हासिल गरी संघीय प्रणाली अन्तर्गत कार्यन्वयन गरिनेछ ।
  • स्थानीय तहका लागि २ खर्व २५ अर्व ५ करोड ४५ लाख ९१ हजार बिनियोजन गरिएको छ ।
  • ठेकेदारहरूले एक भन्दा बढी सहायक ठेक्का दिन पाउने छैन । सहायक ठेक्काका लागि पनि सम्बन्धित योजना प्रमुखको लिखित सहमति लिनुपर्छ ।
  • सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरूको स्तरोन्नती गरिनेछ । सरकारले सञ्चालन गर्न नपर्ने संस्थानहरूलार्इ अलग बनाइनेछ ।
  • सरकारी सवारी दुरूपयोग हुन रोक्ने, मर्मत खर्च घटाउन बिशेष कार्यक्रम लागू गरिनेछ ।
  • राज्यकोषबाट हुने तलव भुक्तानी लगायत आर्थिक कारोबारहरू बैंकमार्फत मात्र गरिनेछ ।
  • सबै नेपालीको बैंक खाता खोल्ने कार्यक्रमलार्इ प्रभावकारी ढंगले अघि बढाइनेछ ।
  • बित्तीय क्षेत्र बिकास रणनीतिलार्इ कार्यन्वयन गरिनेछ ।
  • देशका बिभिन्न स्थानमा वर्षा मापनका साथै चट्याङ मापन केन्द्रको स्थापना गरिनेछ ।
  • सीमान्तकृत समुदाय र गरिव घरपरिवारका लागि सौर्य उर्जा र सुधारिएको चुल्हो अनुदानमा उपलब्ध गराइनेछ ।
  • २० वर्ष पुराना सवारी गुडाउन नपाइने व्यवस्थालाई प्रमुख शहरहरुमा लागू गरिने । काठमाडौंमा लागू भइसकेको छ
  • सामाजिक सुरक्षा भत्तालार्इ निरन्तरता दिइएको छ र त्यसका लागि ३६ अर्व बिनियोजन गरिएको छ ।
  • गरिव घरपरिवार पहिचान भएकाहरूलार्इ परिचयपत्रको ब्यवस्था गरिनेछ । बाँकी ५० जिल्लामा गरिव घरपरिवारको पहिचान सुरू गरिनेछ ।
  • बिदेशमा रहेका नेपाली बैज्ञानिकहरूलार्इ नेपालमा आएर योगदान गर्न प्रेरित गरिनेछ ।
  • पत्रकारको क्षमता अभिबृद्धि गर्न प्रत्येक प्रदेशमा पत्रकार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिनेछ ।
  • सूचना तथा प्रबिधिको बिकासका लागि ४ अर्व ९८ करोड बिनियोजन गरिएको छ ।
  • युवा तथा खेलकुदका कार्यक्रमका लागि २ अर्व २४ करोड बिनियोजन गरिएको छ ।देशभरका ५ स्थानमा मैदान निर्माण कार्यलाइ निरन्तरता दिइएको छ ।
  • महिला, बालबालिका र समाज कल्याणका लागि २ अर्व २३ करोड बजेट बिनियोजन गरिएको छ ।
  • बालश्रम निवारण १० बर्षभित्र गरिनेछ र त्यसका लागि गुरूयोजना तयार पारिनेछ ।
  • बैदेशिक रोजगारीमा जानुअघि अनिबार्य बैंक खाता खोल्नुपर्ने र बिप्रेशण त्यसैमा पठाउनुपर्ने नियम बनाइनेछ ।
  • श्रम तथा रोजगारसम्बन्धी सबै कार्यक्रम निरन्तरता दिइएको छ । यसका लागि १ अर्व १४ करोड बिनियोजन गरिएको छ ।
  • स्वदेशकै जडिबुटीबाट औषधि उत्पादन गर्ने उद्योगहरूलार्इ प्राथमिकता दिइनेछ ।
  • वीर अस्पताललार्इ अत्याधुनिक बनाइनेछ । प्रदेशका अस्पतालहरूमा क्षमता बिस्तार गरिनेछ ।
  • आगामी तीन बर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा कार्यन्वयन गरिनेछ ।
  • स्थानीय स्तरमा आवश्यक पर्रे प्राबिधिकहरू आपूर्ति गर्न प्राबिधिक शिक्षालय स्थापना गरिनेछ ।
  • खुल्ला तथा बैकल्पिक बिद्यालयमार्फत बिद्यालय बाहिर रहेका बालबालिकालार्इ शिक्षाको पहुँच दिइनेछ ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको स्तरोन्नति गरिनेछ, कोटेश्वर ठिमी सडक सुरूङमार्गमा सञ्चालन गरिनेछ ।
  • संसदहरूले छनौट गरेका आयोजना सम्पन्न गर्न सबै कार्यक्रमहरू यथावत राखिएको छ र यसका लागि ३ अर्व बिनियोजन गरिएको छ ।
  • एकीकृत सरकारी कार्यलय भवन स्थापना गर्न अध्ययन सुरू गरिनेछ ।
  • जनता आवास कार्यक्रमलार्इ निरन्तरता दिइएको छ । यसका लागि २ अर्व ४४ करोड बिनियोजन गरिएको छ ।
  • मध्यपहाडी लोकमार्ग र तरार्इको हुलाकी लोकमार्गलार्इ केन्द्रित गरी २० नयाँ शहर स्थापना गरिनेछ ।

 

सामान्यरुपमा  हेर्दा बजेट आकार गत ठुलो र केहि नया आकर्षक योजनाले गर्दा राम्रो रुपमै लिनु पर्छ।

राम्रो पक्षहरु :-

  • क्रिसक पेन्सनको कुरा गरिनु,
  • स्मार्ट र सेटेलाईट सिटिको परिकल्पना योजना,
  • गाउगाउसम्म बजेटको राम्रो बिनियोजन देखिन्छ
  • स्वास्थ्य बिमा राम्रो पक्ष हो
  • खानेपानी अनि सरसफाइलाई प्राथमिकतामा राख्नु
  • सबै नेपालीको बैंक खाता
  • गरिब पहिचान पत्र
  • हुण्डी नियन्त्रणमा सरकारको चासो
  • नेपालको पानी नेपालकै लगानी रार्मो पक्ष हो
  • पूराना सवारी साधनलाइ बेबस्थापन गरिनु राम्रो पक्ष हो
  • एककृत सरकारी भवनको निर्माणको योजना राम्रो सोच।

कमजोरीहरु:-

  • आकरगत योजनामा धेरै झोड दियिएको छ, ब्यबस्थापनलाइ बेवास्था गरे जस्तो देखिन्छ सरर हेर्दा पनि, पुरानै योजानामा सरकारले ध्यान दिइएको देखेपनि नेपाल सापेक्ष ब्यबस्थापनलाइ सुधार्न तर्फ कुनै ध्यान नगएको देखिन्छ।
  • स्वरोजगार एवंम बिदेशिएका युवालाइ घर वापस ल्याउने कुनै योजना नभएको।
  • स्टार्ट अप योजना एबम ट्याक्स बेनिफिट स्किम फर न्यु इन्ट्रान केहि नभएको
  • क्रिसक प्रेंसनको सतही कुरा गरेको भए पनि किसान लाइ यम यस पी दिने एबम क्रिसी बिज र मलमा सब्सिडी दिनु पर्ने कुरा बेवास्था गरिएको।

यधपी यति हुदा हुदै पनि काम चलाउ नाम दिएको देशको आर्थिक बजेटलाइ सकारात्मक एबम राम्रो नै भनेर भन्नु पर्छ, चुनाबको समयमा आहेको बजेट पनि हो यो।

-भिस्म पोखरेल, हेटौंडा नेपाल ( हाल भारत )

Advertisements

4 responses

  1. With all due respect i would like to know what this language is.. Is this sanskrit??

    Like

    1. haha, sorry for inconvenience,it is Nepal budget i have written it in Nepali language.

      Like

      1. Ohh i thought it is sanskrit.. 😀

        Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: